Sunday, December 9, 2018

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ- पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ ।
जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् । गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।
ढोरपाटनबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । ढोरपाटन खर्चिला विदेशी शिकारी पर्यटकको आकर्षणमा छ । कच्ची सडक पुगे पनि अन्य कुनै पर्यटकीय पूर्वाधार त्यहाँ छैन । सामान्य खाना, आवासको समेत असुविधा छ । शिकार खेल्न आउने पर्यटक बन्दोबस्तीसहित हेलिकप्टरमा आउँछन् र शिकार खेलेर फर्कन्छन् । देशको एकमात्र शिकार आरक्ष ढोरपाटन राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि ढोरपाटन पूर्वाधार नभएकै कारण पछि परेको छ ।

सडक बनेपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट रूपमा घुम्न जाने क्रम शुरु भएको छ । प्राकृतिक, सांस्कृतिक र जैविक विविधता भएको ढोरपाटन उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । नेपालकै ठूलो जलाशययुक्त विद्युत् आयोजना त्यहीँ बन्ने भएपछि चर्चा थप बढेको छ । ढोरपाटनसँगै जिल्लामा अन्य दर्जनौँ पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा छन् । केही वर्षअघि बन्न शुरु भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट अर्को महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने देखिएको छ ।
बागलुङ नगरपालिकाभित्रै निर्माणाधीन पञ्चकोटमा रु दुई अर्बको योजना अघि बढाइएको छ । पूर्वाधार निर्माणको चरणमा रहेको पञ्चकोटमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । सदरमुकाम बाहिरका कतिपय पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पनि पुग्न सकेको छैन । पर्यटन प्रवद्र्धनमा विस्तारै चासो भने बढेको देखिन्छ । दुई महिनाअघि जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बागलुङ पर्यटन विकास समिति’ गठन भएको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्था थिएन । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा समितिले काम गर्ने अध्यक्ष राजु खड्का बताउछन् ।
सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा सीमति छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको यथार्थ विवरण सङ्कलन गरिने अध्यक्ष खड्का बताउछन् । “तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउँछौँ”उनले भने “पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न समितिले पहल थाल्नेछ ।” पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जिल्लालाई पर्यटन बजारमा उजागर गरिने भएको छ ।
बागलुङ हुँदै मुस्ताङ
पछिल्ला वर्षमा मुस्ताङ घुम्न निस्कनेमध्ये केही पर्यटक बागलुङ भएर जान थालेका छन् । बढीजसो आन्तरिक पर्यटकले एक रात बागलुङमा बिताउने गरेको बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । होटल पार्टी प्यालेसका सञ्चालकसमेत रहनुभएका उहाँले जिल्ला भित्रने पर्यटकलाई यहीँका पर्यटकीय क्षेत्रमा घुमाउन नसकिएको बताए ।
बागलुङ बजार पस्ने पर्यटकलाई नजिकैको कालिका भगवती मन्दिर, पञ्चकोट र ‘होमस्टे’ गाउँ भकुण्डेमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ । “सम्भावना छ, तर हामीकहाँ पर्यटनमैत्री पूर्वाधार छैन”, उनले भने , “भकुण्डे जाने सडक दश वर्षअघि जस्तो थियो अहिले पनि उस्तै छ” पछिल्लो समय पर्यटकलाई लक्ष्य गरी सविधायुक्त होटल खुल्न थालेका छन् । पर्यटन विकास र प्रवद्र्धनले गति लिएको अवस्थामा सेवा बढाउन व्यवसायी तयार छन् ।
पूर्वाधार निर्माण पहिला
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा पूर्वाधार निर्माण र प्रचारप्रसार अभावमा जिल्लाको पर्यटन गतिविधि पछाडि परेको बताउनुहुन्छ । उहाँले पर्यटनका बारेमा गहिरो गरी र ठोस रूपमा योजना नै नबनेको उल्लेख गरे । पर्यटनका नाममा अघिल्ला वर्षमा आउने बजेट अनुत्पादक ठाउँमा खर्च भएको उनको भनाइ छ । “बजेट मन्दिर बनाउन खर्च भयो, पर्यटनमा उल्लेख्य केही काम भएन”, उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधिले पर्यटन विकासलाई प्राथमिकतमा राख्नुपर्ने सापकोटाको भनाइ छ ।
प्रदेश सरकारले यस वर्ष ढोरपाटनको पर्यटन विकासको लागि रु एक करोड छुट्याएको छ । रु दश लाख अध्ययनको लागि र बाँकी रु ९० लाख पूर्वाधार निर्माणमा खर्चहुनेछ । भकुण्डेलगायतका ठाउँमा घरबास पर्यटन ‘होमस्टे’ को राम्रो सम्भावना छ । ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाँजाको दह, भैरवस्थान, गलकोट दरबार, घुम्टेको लेकलगायत पर्यटकीय गन्तव्य यहाँ छन् । पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके जिल्लाले पर्यटन विकासमा फड्को मार्ने देखिन्छ ।



Thursday, December 6, 2018

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड हुने, व्यापारीलाई पनि अवार्ड


प्रकाशित: २० मंसिर २०७५, बिहीबार

काठमाडौं । पछिल्लो समय म्यूजिक अवार्डहरु धेरै भए भन्ने आरोप लागिरहेको बेलामा फेरि अर्को अवार्ड थपिएको छ, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड । बिगत पाँच बर्ष देखि नेपालको विभिन्न जिल्लाहरुमा औद्योगिक ब्यापार मेला महोत्सब तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले यो अवार्ड गर्न लागेको हो । यो अवार्ड औद्योगिक मेला लागिरहेको ठाउँमा नै हुने आयोजक पक्षले जनाएको छ ।

यो अवार्डका लागि दर्ता फारम पनि खुल्ला गरिएको छ । जसका लागि २०७५ बैशाख देखि २०७५ फाल्गुन अन्तिम सम्मका गीत सङ्गीत समाबेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनु पर्ने आयोजकले जनाएको छ ।
सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट रचनाकार, लोक तथा दोहोरी गायक पुरुष÷महिला, राष्ट्रिय गीत, पप÷आधुनिक, प्ले ब्याक सिङ्गर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, नवप्रतिभा लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अवार्डमा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका निर्देशक सूर्य चन्दले बताए ।
औद्योगिक शान्ति नेपाल सस्थामा आबद्ध रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने चन्दले जानकारी दिए ।
देश तथा विदेशमा प्रत्येक महिना जसो हुने नेपाली गीत सङ्गीतहरुका अवार्डको भिडमा यो अवार्ड कस्तो होला ? भन्ने कुरा अवार्डको ग्राण्ड फिनालेमा नै थाहा होला तर यतिखेर भने अन्य अवार्डहरु भन्दा फरक पहिचान बोकेर यो आवर्डको सुरुवात भएको आयोजक पक्षको दाबी छ । अवार्ड भनेको सम्मान हो, गीतसंगीतको महोत्सव हो त्यसैले हामीले गरिरहने महोत्सवकै बेला यो अवार्ड पनि सम्पन्न हुने उनले बताए ।


७औं म्युजिक खबर म्युजिक अवार्ड विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक-गायिका



Thursday, February 25, 2016

अव्यवस्थित वैदेशिक रोजगार र बाध्यता

  • सुमन बैरागी

मुलुकमा हुने गरेको द्वन्द्व, हत्या, हिंसा, बन्द र हड्तालले युवायुवतीमा मानसिक विचलन बढ्दै गएको छ । मुलुकले बेरोजगारी उत्पादन गर्ने उपमा पाउँदै छ । गाउँमा अहिले युवाविहीन अवस्थाको सिर्जना भएको छ । एकातिर गाउँका युवाशक्ति पलायन हुँदा गाउँको ऊर्जामय भूमि खोरियामा परिणत भएको छ भने अर्कोतिर गाउँमा भएका बुढाबुढी रोगको मुखमा पुग्दा पनि औषधोपचारका लागि अस्पताल लैजाने व्यक्तिसम्म नहुने अवस्था आइपरेको छ । स्वदेशमा परिवारमाथि परेको पीडा एकातिर छ भने अर्काेतिर विदेश पलायन भएका बेरोजगारहरूले रोजगार त पाए तर बाध्यात्मक परिस्थितिमा आफ्नो श्रम र सीपलाई सस्तोमा बेच्नुपरेको अवस्था यथावतै छ । स्वदेशमा पर्याप्त रोजगार नपाउनु र सधैं महँगीको मार खेप्नुपर्ने बाध्यताले ग्रसित बनाएपछि बाध्यात्मक रूपमा रोजगारीको विकल्प वैदेशिक रोजगारलाई बनाउनुपरेको आप्रवासी कामदारको पीडाबाट स्पष्ट देखिन्छ ।

विश्वमा सस्तो कामदार उत्पादन गर्ने मुलुकका रूपमा नेपाललाई चिनाइएको छ । जुन नेपाल सरकारको नालायकीपनले गर्दा नेपालीले विदेशमा यस्तो अवस्था भोग्नुपरेको हो । अहिले नेपाल सरकारले एक सयभन्दा बढी राष्ट्रमा नेपाली कामदारलाई रोजगारीमा जानका लागि खुला गरे पनि हाल नेपालीको गन्तव्य मुलुकका रूपमा खाडी मुलुक नै प्रमुख भएको छ । दक्ष र अदक्ष कामदारका लागि सजिलै भिसा प्राप्त गर्न सकिने मुलुकका रूपमा छिट्टै वैदेशिक रोजगारीमा जानका लागि मलेसिया, युएई, कतार, बहराइन, साउदी अरेयिबा, कुवेतलाई विशेष गरेर लिइएको छ ।

त्यसैगरी अफगानीस्तान, इराक जस्ता मुलुकमा पनि गैरकानुनी रूपमा नेपाली कामदार जानेक्रम तीव्र छ । अहिले नेपालीहरूका लागि दक्षिण कोरिया र जापान जस्ता विकसित मुलुकमा पनि रोजगारीका लागि नेपाल सरकारले सस्तो कामदारका रूपमा कामदार पठाइरहेको छ ।

खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूमध्ये कसैले राम्रो सफलता हात पारे पनि प्रायः नेपालीले पीडा नै भोगेर रित्तो हात स्वदेश फर्किएको हामीले देखिरहेका छौं । यसमा पनि सस्तो श्रमका कारण नेपालमा रहेका मानवतस्कर, दलाल, एजेन्ट र मेनपावर कम्पनीका कारण नै नेपाली कामदारले पीडा भोग्नुपर्ने बाध्यता छ । नेपाल सरकारको कमजोर र भ्रष्टाचारी नीति र मेनपावर क्षेत्रका दलालहरूको कमाइखाने भाँडो बनिरहेको वैदेशिक रोजगारले नेपाली कामदारहरूको जीवनमा खुसीयालीभन्दा पीडा नै बढी दिएको छ । नेपालको प्रमुख अर्थतन्त्रका रूपमा स्थापित भएको वैदेशिक रोजगार व्यवसायलाई अहिलेसम्म सरकारले व्यवस्थित रूपमा पस्कन सकेको छैन । वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सले देशको सम्पूर्ण अर्थतन्त्र धानिएको छ र पनि नेपाल सरकारले उचित व्यवस्था मिलाएर वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सकेको छैन । जसको फलस्वरूप नेपाली युवायुवतीले विदेशमा शोषणमा पर्नु, दलालले ठग्नुलगायत अनेकौं श्रमशोषणमा पर्नुपरेको दृष्टान्त हाम्रो माझ छर्लंग छ । त्यसो त वैदेशिक रोजगारमा जाने कामदारहरूलाई मेनपावरले पठाउँदा पनि सबै व्यक्तिगत रूपमा विदेश गएको डकुमेन्टहरू बनाएर विदेश पठाउन थालिएको छ । जुन श्रममन्त्रालयले पनि मेनपावर व्यवसायीहरूलाई स्वीकृति दिएको छ । त्यसकारण वैदेशिक रोजगारमा जाने कामदारलाई पठाउँदा कुनै पनि डकुमेन्टमा सम्बन्धित मेनपावरको नाम उल्लेख नहुने श्रममन्त्रालयको स्वीकृतिले अब झन् नेपाली कामदारलाई पीडा थपिने स्पष्ट छ । मेनपावरको नाम उल्लेख नगरिँदा विदेशमा गएका नेपाली कामदारले कुनै कारणवश स्वदेश फर्कनुपरेमा उसको सम्पूर्ण लगानी डुब्ने खतरा बढेको छ । उसले आफ्नो डकुमेन्टअनुसार कुनै पनि मेनपावर कम्पनीबाट गएको देखिँदैन । त्यसको फलस्वरूप ऊ आफैं व्यक्तिगत रूपमा गएको प्रमाणित हुँदा उसलाई मेनपावरले सजिलै ठग्न सक्ने अवस्था नेपाल सरकारले बनाइदिएको छ । यदि व्यक्तिगत भिसा, श्रम इजाजत, इन्स्योरेन्सलगायतका डकुमेन्ट लिएर विदेश जानुपर्ने भए मेनपावरको कुनै पनि आवश्यकता नपर्ने विश्लेषकहरूको दाबी छ ।

सरकारको राजनीतिक खिचतानीले गर्दा मुलुकमा सधैं संक्रमणकालको स्थिति जारी नै छ । मुलुकमा भइरहेको बन्द, हड्ताल र राजनीतिक अस्थिरताले गर्दा सबै औद्योगिक प्रतिष्ठानलगायतका मजदुर कार्यरत सम्पूर्ण क्षेत्र अन्योलग्रस्त बन्दै आएको छ । भएका केही उद्योगधन्दा पनि विगतको द्वन्द्वको समयमा बन्द भइसकेका छन् । यसले गर्दा पनि नेपाली युवायुवतीले स्वदेशमा रोजगारीको विकल्प नहुँदा विदेश पलायन हुनुपरेको हो ।



विदेशमा कार्यरत नेपालीहरूमा पनि सबैभन्दा बढी पीडा अहिले महिलाहरूले भोग्दै आइरहेका छन् । केही समयपहिला महिलाका लागि वैदेशिक रोजगार बन्द गरे पनि उनीहरू गैरकानुनी रूपमा भारतको बाटो हुँदै खाडीमा पुगेका छन् । द्वन्द्वपीडित महिलाहरूले आफ्नो परिवार पाल्नका लागि र असहाय, गरिब महिलाहरूले ठूलो धनराशी हात पारिदिने प्रलोभन देखाउँदै नेपाली एजेन्टहरूले प्रत्येक महिलाहरूसँग २५÷३० हजार रुपैयाँ लिएर विदेश पठाइदिएका छन् । कानुनी रूपमा विदेश गएका महिलाहरूमा भने थोरै समस्या रहेको छ । तर, गैरकानुनी रूपमा गएका महिलामा बढी समस्या उत्पन्न हुने गरेको छ । दलालहरूले गाउँ–गाउँबाट ती महिलाहरूलाई ललाइफकाइ प्रलोभन देखाएर खाडी मुलुक पठाउने भन्दै दिल्ली, मुम्बईमा लगेर केहीलाई त्यतै बेच्ने र केहीलाई खाडी मुलुकमा ‘होम मेड’ (घरायसी कामदार) का रूपमा काममा पठाउने गरेका छन् । त्यसरी खाडी पुगेका घरायसी कामदारमा महिलाहरूले बढी पीडा भोग्न बाध्य छन् । पटक–पटक हामीले सञ्चारमाध्यममा सुनिरहेका छौं र छापामाध्यमहरूमा पढिरहेका छौं– ‘खाडी मुलुकमा गएका महिलाहरूले यौनशोषण, शारीरिक यातना, मानसिक यातनालगायतका दयनीय पीडा भोग्नुपरेको अवस्था छ । उनीहरूले साहुको घरमा पाहुनाको सत्कारको साधनको रूपमा यौनतृष्णा मेटाइदिनुपर्ने अवस्था छ । एकातिर यौन शोषणबाट पीडित हुनुपरेको भने अर्कोतर्फ गर्भवती भएर नेपाल फर्कनु परेको अवस्था जगजाहेरै छ । साहुको घरमा काममा पठाउँदा नेपालबाट जाने महिलाका लागि टिकट र भिसाको खर्च दलालले साउदीबाटै लिएको हुन्छ भने यता पनि २५÷३० हजार रुपैयाँ लिएर उनीहरूलाई विदेश पठाएका हुन्छन् । ठूलो धनराशी हात पार्ने र आफ्नो परिवार सवल बनाउने उद्देश्य बोकेर दलालसँग हिँडेका महिलालाई दिल्लीमा पुगेपछि दलालहरूले समेत यौनकार्यमा लगाउने गरेको गुनासो पीडित महिलाहरूको छ । कतार, साउदी अरब, दुबई, इजरायल, कुबेतलगायतका खाडी मुलुकहरूमा नेपाली महिला कामदार कार्यरत छन् । त्यीमध्येमा बढी पीडा भोग्नुपर्ने ठाउँ साउदी अरब रहेको पीडा लिएर फर्किएका महिलाहरूको अनुभूति र साउदीस्थित नेपाली दूतावासको तथ्यांकले जनाएको छ । 
(कगmबलठडड२नmबष्।िअयm

Friday, April 12, 2013

राजारानी पर्यटनको प्रचुर सम्भाबना


सँगै रहेको ३ ताल घुमेर आनन्द लिन पाइने अनि मगर समुदायको रहनसहन बुझ्न पाइने यिनै विषेशता बोकेको छ राजारानीले । यतीमात्रै होइन यहाँको राजारानी मन्दिर र धिमाल ग्रामथान पनि थप आर्कषणको केन्द्र हो ।
मोरङ्गको उत्तरी गाविस भोगटेनीको एक क्षेत्र जहाँ राजारानी सामुदायीक वनको मध्यभागमा रहेको राजारानी ताल राजारानी मन्दिर र धिमाल ग्रामथान र सुनखरीको अबलोकन नै राजारानी क्षेत्रको आर्कषणका केन्द्र हो । मोरङ्गको पुरानो बजार लेटाङ्गबाट ५ कि मी उत्तर पश्चिम मा पर्ने राजारानी क्षेत्र मा मात्रै ५२ जातका सुनखरी पाइन्छन् । यहाँ पाइने ३ किसीमका सुनखरी विश्वबाटै लोपउन्मुख छन् । उत्तरी मोरङ्गको राजारानी मा अवलोकन  गर्ने धेरै कुरा छन् । राजा,रानी,राजकुमारी पोखरी,धिमालजाती उत्पती स्थल ग्रामथान,राजारानी मन्दिर,सुनखरी ,रातो र सेतो कमल फुल,अनि डाडाबाट देखीने मनमोहक दृश्य ।
राजारानीमा व्यावस्थीत पिकनिक स्पोर्ट,पानी,शौचालय र कटेजहरु छन । राजारानी क्षेत्रमा वनभोज खान आउने र  अवलोकन गर्नेको संख्या हिउदमा बढेपनि मन्दिर दर्शन गर्ने को संख्या भने एकनास रहन्छ । पुर्वी झापा मोरङ्गमा बसोबास गर्ने धिमाल जातीको उत्पती स्थल मानिने यस स्थानमा धिमालहरुको दरवार रहेको विश्वास गरिन्छ । धिमाल जातीको प्रमुख चाड जात्री यहि स्थान बाट सुरु हुन्छ । बैशाख २ गतेबाट सुरुहुने जात्री असार २गते नै  सम्पन्न हुन्छ । बैशाख २ गते लाग्ने मेलामा झापा मोरङ्ग सुनसरी र धनकुटा बाट मेला भर्न आउने गर्दछन् ।ढङढङे मेला भनेर चिनिने सो मेलाका दिन ग्रामथानमा बोका कुखुरा परेवा र हास वलि दिइने चलन रहेको छ । नवविवाहित हरु विषेश गरि राजारानी मन्दिर जाने गर्दछन् । नवविवाहितले राजारानी मन्दिरको दर्शन गरे सन्तान र सुख प्राप्त गर्ने विश्वास लिइन्छ ।
   किंबदन्ती अनुसार मध्यकालमा धिमालहरु उत्तरी मोरङ्ग का फाटहरुमा बसोबास गर्थे र तराइबाट औलोको प्रकोप हटे पछि उनिहरु झापा र मोरङ्ग मा बसोबास गर्न थालेका ले पनि राजारानी मा धिमाल दरबार रहेको विश्वस लिइन्छ । परापुर्वकालमा राजारानी पोखरी क्षेत्रमा धिमाल ले बसोबस गरेपनि बिविध कारणले सो ठाउ छाडेको धिमाल जातीका अगुवा राम बा धिमाल बताउछन् । २०५७ सालमा लामो खोज पछि राजारानी आफ्नो जातीको उत्पती स्थल रहेको र २०५८ बाट मेला लगाउन थालिएको धिमाल  बताउछन् ।
  हाल ४२ घर रहेको सो स्थानमा ४१ घर मगर जाती को रहको छ । कार्तिके औसी देखि मंसिरे पुर्णीमा सम्म सो स्थानमा हुर्रा नाच नाचिने गरेको छ । हुर्रामा रम्न चाहनेहरु यहाँ आउने गर्दछन् ।झन्डै चण्डी जस्तै देखिने हुर्रा नाच नाच्न बुढाबुढी ,केटाकेटी र यूवायूवती सबै उमेरका यस ठाँउमा आउने गर्दछन् ।
  यस  क्षेत्रलाई जैविक प्राकृतिक र ऐतिहासिक महत्वको स्थानका रुपमा जिल्लामा प्रशिद्द भएपनि यसको उचित प्रचार हुन नसकेको स्थानियबासी बताउछन् ।पोखरी वरपर पाइने माछा का बारेमा समेत कथन रहेको पाइन्छ । माछा मारेर खाए विरामी हुने मन्दिर का पुजारी लोक बा मगर बताउछन् । यसैकारण पनि  यहाँका माछा संरक्षण भएका हुन् ।
स्थानियबासीको अग्रसरतामा पोखरी संरक्षणका प्रयास भएका छन् । राजा पोखरीको सफाइ गरिएको छ भने राजकुमारी पोखरी  वरपर तारघेरा गरिएको छ । राजा पोखरीमा वाँध बाधिएको छ । पोखरीकोे पानीबाट स्थानियबासीले सिचाइ गरेका छन् ।  जिल्ला विकास समिती मोरङ्ग को आर्थिक सहयोगमा सिंडी बनाइएको छ । स्थानियबासीकै सक्रियतामा वनभरी पाइने सुनखरीको संरक्षण गर्न ‘सुनखरी टिपे जरिवाना’ अभियान नै चलाएका छन् । सुनखरी दुर्लभ भएको भन्दै सुनखरी को चोरी हुन थाले पछि यो अभियान थाले पछि संरक्षण हुन थालेको राजारानी पोखरी संरक्षण समितीका पुर्व अध्यक्ष  दल बा मगर बताउछन् । त्यसो त यो ठाँउ खुल्ला दिशा पिसाब मुक्त क्षेत्र हो । २ बर्ष अगाडि देखी यहाँ खुल्ला ठाउँमा शौच गर्न र प्लाष्टिक फाल्न प्रतिबन्ध छ । मगरका अनुसार यहाँ धेरै परिर्वतन आएको छ । यहाँ गतबैशाख मा महोत्सब लगाइएको थियो । यहाँ खाजा घर रहेपनि होटल भने छैनन् ।
  राजारानी पुग्न पुर्व पश्चिम लोक मार्गको कानेपोखरीबाट ८ किमी उत्तर लागे पछि लेटाङ्ग पुग्न सकिन्छ । लेटाङ्ग मोरङ्ग कै पुरानो बजार हो । लेटाङ्ग पुग्न सार्वजनिक यातायतका साधन प्रसस्त पाइन्छन ।
लेटाङबाट ˚ोरब्ह्लि गाडीमा सहज रुपमा त्यहा पुगिन्छ भने मोटरसाईकल बाट पनि जान सकिन्छ । निजी सवारी नहुनेले पैदल यात्रा गर्दा लोखरा बाट ठाडो उकालो हिडनुको मज्जा बेग्लै हुन्छ । ३ किमी उकालो हिडने हो भने बाटो भरी देखिने दृश्य हेर्न पाइन्छ । राजारानीको सुन्दरता यहाँ बाट देखिने दृश्य हरुले यसलाइ महत्वपुर्ण पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नृ सकिने सम्भाबना छ । यहाँ बाट झापाको दमक ,मोरङ्ग को उर्लावारी पथरी जाते र बेलबारी प्रस्ट देखिन्छ । लेटाङ्ग बजार र लोखरा बिचबाट  नागवेली रुपमा बगेको चिसाङ खोला को मनमोहन  दृश्य हेरेर अघाउने कम नै होलान् ।
 यसक्षेत्रको विकास  र प्रचार प्रशार  यसको सम्भाबना अनुसार कमै भएको  छ। धिमाल जातिको उत्पती स्थल चिनाउने यो ठाउँलाइ अन्य जातजाती  र धर्म समुदायलाई पनि आर्कषण बडाउँनु आवश्यक छ । यस वरपर पाइने  सुनाखरी,कमल फुल,चराचुरुङी पुतली बारे थप अध्यायन र खोज हुनु जरुरी रहेको सामूदायिक वन उपभोक्ता महासंध मोरङ्ग का अध्यक्ष अग्नी पौडेल बताउँछन् ।
यसक्षेत्रको अझ विकास गर्न यसक्षेत्रको जैविक भौगलिक धार्मिक र सास्कृतिक महत्व बारे प्रचार प्रशार हुनु आवश्यक जरुरी छ । प्रस्सत सम्भाबना हुदाहुदै पनि जिल्लामा राजारानी पछाडी छ । पर्यटकिय हिसाबले  प्रचार प्रशार मा अभियान चलाउन सके यस क्षेत्रको विकास हुने निश्चय छ । साथै आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सके स्थानियबासीको आर्थिक स्तर बडथ्यो कि ?

Sunday, October 23, 2011

पर्यटकीय स्थलहरु

खप्तडबाट देखिने मनोरम जेठीबहुरानी हिमालको मनोरम दृश्य
खप्तड


सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा, अछाम डोटीको केन्द्रविन्दुमा अवस्थित 'खप्तड' अनुपम प्राकृतिक सौर्न्दर्यको खानी हो विविधताले भरिपर्ूण्ा भण्डार हो प्रकृत्रि्रेमीका लागि अकाट्य गन्तव्य हो अझ भनौँ परपर क्षीतिजैसम्म फैलिएका मनमोहक विशाल घाँसे मैदान, ती मैदानैभरि बाह्रैमास फुलिरहने रंगीविरंगी जङ्गली फूल, शिरानीमा सदा मुस्कुराइरहने नाम्पा-सैपाल, तथा जेठी-बहुरानी हिमशिखर, मनैछुने कोणधारी जंगल, घना बाघपाटे निङ्गालाघारी, साथमा रहेका खप्तड खापर दह ! अहाँ ! खप्तडको मनोरम प्राकृतिक दृश्यले कुनचाँहि प्रकृत्रि्रेमीको मन छुँदैन होला ! प्राकृतिक छटाले भरिपर्ूण्ा खप्तड यसैले सुदूरपश्चिमकोमात्र नभइ समग्र राष्ट्रकै मौलिक पहिचान बन्न सफल

समुन्द्री सतहबाट ३५ सय मिटर उचाइँमा रहेको खप्तडको जैविक विविधतालाई ध्यानमा राखि नेपाल सरकारले यस क्षेत्रलाई सन् १९८८ मा राष्ट्रिय निकुञ्ज घोषणा गरेको उहिले-उहिले बझाङ, बाजुरा, डोटी अछामका किसानहरूको भैसी, घोडा तथा भेडाबाख्राको चरनक्षेत्र खप्तड यतिबेला भने निकुञ्जमा परिणत भएको निकुन्ज सुरक्षार्थ नेपाली सेनाको ब्यारेक सीमित भूगोलभित्र खप्तडले असिमित विशेषता ओगटेको यहाँ २२ ठूला तथा ५२ साना मैदानहरू छन् २२५ वर्ग कि.मि. क्षेत्रफल रहेको खप्तड निकुन्जमा २५३ प्रजातिका चरा, १९२ प्रजातिका जङ्गली फूल, १५ प्रजातिका पुतली तथा बाघ, भालु, थार, नाउर, वनकुकुरलगायतका ४० प्रजातिका जङ्गली जनावर पाइन्छन् पाँचऔले, कटुकी, जटामसी, चिराइतोजस्ता कयौँ बहुमूल्य जडिबुटीको अर्को भण्डार हो खप्तड

उसो खप्तडले प्राकृतिक सौर्न्दर्यतालाई मात्र प्रतिनिधित्व गरेको छैन, यसले ऐतिहासिक-धार्मिक-साँस्कृतिक महत्वलाई समेत बोकेको हिन्दूहरू ब्रम्हपुराणमा 'खेचराद्रीभनेर खप्तडको वर्ण्र्ााछ भनी खप्तडको महिमा गाउँछन् खेचराद्री शब्दनै अपभ्रंस हुनगई यसको नाम खप्तड रहन गयो भन्ने भनाइ यसैले खप्तड निकुन्जको कुल क्षेत्रफलमध्ये .५६ वर्ग कि.मि. भूभाग धार्मिक क्षेत्रका नाममा छु्ट्याइएको जसभित्र खप्तड बाबाको कुटी, खप्तड दह, त्रिवेणी, सहस्त्रलिंग, केदारढुंगा, भीमपाइला, नागढुङ्गा, नैनादेवी स्थानहरू पर्दछन् यहाँ हरेक वर्षजेष्ठ महिनामा ठूलो दशहरा मेला लाग्ने गर्दछ मेला भर्न बझाङ-बाजुरा, अछाम-डोटीलगायत सुदूरपश्चिमका सबै जिल्लाबाट समेत ठूलो संख्यामा मानिसहरू आउने गर्दछन् दसहराका दिन माथि उल्लिखित धार्मिकस्थलहरूमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ विभिन्न जिल्लाबाट मेला भर्न आउने युवायुवतीहरू एकापसमा डेउडा खेल्दै मायाप्रितिसमेत साटासाट गर्ने गर्दछन्

बेलायतबाट एमबीबीएस गरेका भनिने खप्तडबाबाले समेत भौतिक संसार त्यागेपछि अध्यात्मिक साधनाका लागि खप्तडलाई नै रोजेका थिए कश्मिरीमूलका ती भारतीय बाबाले आफ्नो जीवनको उत्तर्रार्द्धका सम्पर्ूण्ा ५० वर्षखप्तडमै बिताए धर्म विज्ञान, विचार विज्ञान, वेदान्त विज्ञान, आत्मज्ञानजस्ता एक दर्जनबढी कृतिहरूको रचना उनले खप्तडमै गरे कृति रचनासँगै उनले खप्तडको महिमालाई समेत उचो पारे

खप्तड एवं सुदूरपश्चिममा पर्यटन विकासलाई साँचो अर्थमा अघि बढाउने हो भने यो क्षेत्र सम्भावनै सम्भावनाले जेलिएको अझै पनि भर्जिन पर्यटकीय क्षेत्रका रूपमा रहेको यहाँको पर्यटन विकासका क्षेत्रमा जति लगानी गरे पनि त्यो कमै हुने स्थिति यर्सथ यस क्षेत्रको पर्यटन विकासका लागि 'सुदूरपश्चिम एकीकृत पर्यटन विकासको अवधारणा अघि सार्नु जरुरी त्यसअर्न्तर्गत समग्र सुदूरपश्चिमको पर्यटन विकासलाई अघि बढाइनर्ुपर्दछ खप्तडलगायतका अन्य पर्यटीयस्थलहरूको पहिचान गरी बृहत गुरुयोजनासहित ठोस कदम चाल्नु जरुरी जसका लागि तत्कालीन दर्ीधकालीन विकास कार्यक्रम अघि सारिनर्ुपर्छ

सुदूरपश्चिमको पर्यटन क्षेत्रको चर्चा हुँदा सबैको ज्रि्रोमा खप्तड झुण्डिइरहेको भएपनि खप्तड भने अत्यावश्यक आधारभूत भौतिक पर्ूवाधारबाट बंचित यसैकारण आन्तरिक-बाहृय कुनै पनि पर्यटकहरूलाई आशातितरुपमा त्यहाँ आकषिर्त गर्नसकिएको छैन त्यहाँ कोही पुगिहाले पनि यातायातलगायत खानेबस्ने सुविधा छैन यर्सथ पनि आधारभूत पर्ूवाधार निर्माण खप्तडको पर्यटन विकासको पहिलो प्राथमिकता हो यसका लागि खप्तडलाई सक्दो चाँडो सडक यातायातले जोड्नु जरुरी मौसमी नभइ सदावहार व्यवसायिक होटेल-रिर्र्सोटहरूको निर्माण हुनु उत्तिकै आवश्यक खप्तडलाई मुलधार पर्यटनमा जोड्नर्ुपर्दछ बझाङको तमैल -मोटर पुगेको ठाउँ) बाट मात्र १५-२० कि.मि. सडक निर्माण गरे खप्तडलाई तत्काल सडक यातायातले जोड्न सकिन्छ डोटीतिरबाट पनि त्यो सम्भावना खप्तडकै सेरोफेरोअर्न्तर्गत बझाङको सदरमुकाम चैनपुरहुँदै उरै नाका भएर तिब्बतको ताक्लाकोटहुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो सेती लोकमार्ग अहिले निर्माणाधीन अवस्थामा चैनपुरदेखि उरैसम्म ८० कि.मि. दुरी रहने यो मार्ग निर्माण भए मानसरोवरयात्रीका लागि यो बाटो बरदान साबित हुनेछ यसले सुदूरपश्चिमलाई वाहृय संसारसँग जोड्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमणका बेला चीनसँग सहमति जुटाइएको चैनपुर-उरै सेती लोकमार्ग निर्माणका लागि पछिल्लोपटक चिनियाँ राजदूत झेङ जेङलिनले समेत चिनीयाँ सहयोग रहने जनाएका छन् त्यसैले यो सेती लोकमार्ग निर्माण भएपछि सुदूरपश्चिमले ठूलो संख्यामा बाहृय तथा आन्तरिक पर्यटकलाई आकषिर्त गर्नेछ त्यसपछिका दिनहरूमा पर्यटकहरूलाई प्याकेज कार्यक्रमअर्न्तर्गत मानसरोवरलगायत खप्तड, सर्ुमासरोवर, बझाङकोट, थलाराकोट, देवलबाँज, मालिका, केदार, बडिमालिका, रामारोशन, शैलेश्वरी, अजयमरुकोट, त्रिपुरासुन्दरी, मेलौली, पनेरुकोट, व्याँस, ओमपर्वत, मल्लिकार्जुनलगायतका थुप्रै पर्यटकीयस्थलहरूको भ्रमण गराउन सकिनेछ

बझाङको सदरमुकाम चैनपुरदेखि डोटीको दिपायलसम्म पश्चिम सेतीमा देशकै सबैभन्दा लामोदूरीको र्याफ्टिङ व्यवसाय संचालन गरी बाहृय तथा आन्तरिक पर्यटनलाई आर्कषण गर्ने प्रवल सम्भावना जुन कुरा तत्काल लागु गर्न सकिन्छ रंगशालाको सिन्थेटिक ट्रयाकमै हिडेझै लाग्ने खप्तडका घाँसे मैदानहरूलाई प्राकृतिक गल्फकोर्टको रूपमा विकास गरी एभरेष्ट माराथुनझै खप्तडमा अन्तर्रर्ााट्रयस्तरको गल्फ प्रतियोगितामक आयोजना गर्न सकिन्छ स्की खेलको विकास नभएको नेपालमा खप्तड स्की खेलप्रेमीका लागि गन्तव्य हुनसक्छ गल्फका लागि ब्यांकक स्कीका लागि स्वीट्रजल्याण्ड पुग्नेहरूलाई खप्तडले त्यो सेवा स्वदेशमै दिनसक्छ देश बाहिरबाट समेत गल्फ स्की खेलप्रेमीलाई नेपाल भित्र्याउन सकिनेछ पवर्तारोहण, रक क्लाइम्बिङका साथै पदयात्राका लागि समेत यहाँ थुप्रै भर्जिन रुटहरू पदयात्रीको प्रतिक्षामा छन् पर्खाइमा छन् खप्तड-बडिमालिका -बाजुरा) हुँदै रामारोशन-साँफे -अछाम), चैनपुर-धुली-उरै-ताक्लाकोट -बझाङ), चैनपुर-सर्ुमा-अपि-व्याँस--बझाङ-दार्चुला) आदि पदयात्राका लागि सम्भाव्य रुटहरू हुन थुप्रै अरु रुटहरू पनि छन् जसको पहिचान एवं पर््रवर्द्धन हुनु जरुरी

अर्कोतिर दर्ीधकालीन कार्यक्रमअर्न्तर्गत खप्तडलाई केन्द्रविन्दू मानि सुदूरपश्चिमका सबै पर्यटकीयस्थलहरुलाई सडक यातायात तथा केवुल कारमार्फ एउटै जालोमा जोडिनुर्ुपर्दछ यसबाट भौगोलिक विकटतालाई चिर्दै यातायातलाई सहज हुनुको साथै आकर्षा थपिनेछ खप्तडको बाहिरी सेरोफेरोमा चक्रपथ नै निर्माण गरिनर्ुपर्दछ त्यसैगरी खप्तडलाई सुदूरपश्चिमका सबै पर्यटकीय क्षेत्रसँग सजिलो हुने गरी केबुलकारले जोडिनुपर्ने दर्ीधकालीन सोच अहिल्यैदेखि बनाउनु जरुरी यसका लागि बझाङभित्र खप्तड-थलारा-मालिका-केदार-पातिभेरे-दहवगर-बझाङकोट-बान्नीचौर-सर्ुमासरोवर-चैनपुर-काँडा-धुली-उरै, बाजुरामा खप्तड-बडिमालिका-कोल्टी-मार्तडी, अछाममा खप्तड-रामारोशन-मंगलसेन-साँफे डोटीमा खप्तड-मालिका-शैलेश्वरी-बझाङको केदार हुँदै दार्चुलाको मल्लिकार्जुन-व्याँस-अपि-ओमपर्वत दार्चुला हुँदै त्रिपुरासुन्दरी-निग्लासैनी, बैतडी हुँदै डडेल्धुराको अमरगढी-अजयमेरुकोट-परशुराम जोड्नेगरी केबुलकार संजाल विस्तार गरिनर्ुपर्दछ जसका लागि पश्चिम सेतीबाट उत्पादन हुने भनिएको बिजुलीको ठूलो हिस्सा उपभोग गर्नु जरुरी सेती लोकमार्ग निर्माण पछि मानसरोवर यात्राका लागि आउने विदेशी पर्यटकका लागिमात्रै पनि धनगढी विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनर्ुपर्दछ डडडेल्धुरा जिल्लालाई हिलस्टेसनका रुपमा विकास गरिनर्ुपर्दछ सामरिकर्-पर्यटकीय महत्व बोकेको बझाङको सैपाल हिमालको फेदीमा रहेको तिब्बतसँगको पुरानो व्यापारिक केन्द्र ग्राफुमा रहेको विशाल मैदानी भागमा विमानस्थल निर्माण गनर्ुपर्दछ त्यसबाट पर्यटन विकासमा थप टेवा पुग्ने निश्चित बझाङ जोड्ने खोड्पे-बझाङ सडक दुइलाईनको बनाइ कालोपत्र गरिनर्ुपर्दछ सेती लोकमार्ग दर्ुइलाईनसहित बाह्रै महिना मोटर चल्ने गरी निर्माण हुनुजरुरी ४४ कि.मि. लामो सतबाज-रौलेश्वर-श्रीभावर-बझाङ सडक समेत निर्माण हुनु जरुरी यसका अतिरिक्त बाजुराको कोल्टी, अछामको साँफेबगर कमलबजार, डोटीको दिपायल, बैतडीको पाटन दार्चुलाको गोकुलेश्वरमा रहेका विमानस्थलसमेत आवश्यक मर्मतसम्भारसहित नियमित हवाइ सेवासहित संचालनमा ल्याउनु जरूरी

खप्तडलगायत समग्र सुदूरपश्चिम खप्तडलाई धार्मिक, साँस्कृतिक पर्यटनका रूपमा समेत विकास गर्न सकिन्छ त्यसैले यहाँको पर्यटन विकासका लागि सक्दो चाँडो आधारभूत पर्ूवाधार निर्माणमा जोड दिनु पहिलो आवश्यकता हो यसका साथै देशभित्र-बाहिर सबैतिर प्रचारप्रसार तीब्र बनाइनर्ुपर्दछ अर्को सबैभन्दा महत्वपर्ूण्ा कुरा नेपाल सरकारले अपि-नाम्पा-सैपाल, बान्कियालेक, बडीमालिका, लाई तत्काल संरक्षित क्षेत्र घोषणा गरी खप्तड अपि-सैपाल क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुपर्दछ यसले खप्तड, बडीमालिका तथा अपि-सैपाललाई अन्तराष्टियस्तरमा प्रचारप्रसार गर्न ठूलो मद्दत गर्नेछ आन्तरिक तथा बाहृय पर्यटकहरूको प्राथमिकतामा समेत यो क्षेत्र पर्नेछ यदि यस यस क्षेत्रलाई साँच्चिकै मूलधार पर्यटन जोड्ने हो भने खप्तड तथा सुदूरपश्चिमले ग्रामीण तथा राष्ट्रिय अर्थतन्त्रमा ठूलो गुण लगाउने राष्टिय अर्थतन्त्रलाई उभो लगाउने देशभित्रै रोजगारीको थप अवशर सिर्जना हुनेछ कामको खोजीमा भारतको हिमाञ्चल/उत्तराञ्चललगायत विभिन्न सहरहरु तथा मलेसिया, खाडी राष्ट्र धाउन बाध्य सुदूरपश्चिमेली युवाहरुका लागि सुदूरपश्चिमभित्रै स्वरोजगारको अवशर सिर्जना हुनेछ अहिलेसम्म पनि केन्द्रसत्तामा मुख ताक्दै बसेको सुदूरपश्चिमले त्यसपछिका दिनहरूमा उल्टै राज्यलाई दिनेछ

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...